गजल
छुपाई यो मनको कुरा,तिमीसामु पोखिन
आफ्नो सम्झी भुल गरेछु,पराई किन सोचिन
आफ्नो सम्झी भुल गरेछु,पराई किन सोचिन
दोधार पर्थे तिमीसङ्ग्,खोल्न पनि गथासो
चाहे मैले तिमीलाई,पछि लाग्न छोडिन
ईशारामा भनिरहें, मर्म तिम्ले बुझेनौ
नजोडिएको नाता टुट्दा,तिमीलाई दोषीन
कस्तो होला म विनाको,सुनौलो त्यो सफर
टोलाई रहें क्षितिजसम्म,पलक मैले छोपिन
No comments:
Post a Comment
Note: only a member of this blog may post a comment.