Tuesday, 3 July 2012

कथा


                   ''मिस कफी''
''वेटर कफी''
''कफी नै मगायौ नी !''
''हाम्रो सम्बन्धको सुरुवात पनि त कफीबाटै भएको होईन र !''
''लाग्छ,अझै पनि तिमीमा केहि बदलिएको छैन''
''सिवाय तिमी र म'' नजर जुधाएर भने
              कफी टेवलमा राख्दै वेटर मुसुक्क हाँसिनहामीबीच परिचित भएकीले स्मीत हुँदै जवाफ दियौधेरै समयपछि हाम्रो उपस्थित भएकोले सवालरुपी मुस्कान स्पष्ट देखिन्थ्योछ महिना पछि त्यहिँ नानुमा क्याफेमा हाम्रो भेट भएको होउसको चित्त दु:खाएर अझ आफुलाई कमजोर बनाउन चाहिनत्यसैले उसको बारम्बारको आग्रहलाई आज स्वीकार्न पुगें
''विहेमा आईनौ नी,किन..?'' चुरुट सल्काउदै स्पष्टिकरण उसले मसंग माग्यो
             मलाई थाहा थ्यो,यहि सवाल उसले भेटमा गर्नेछत्यो विहेमा कसरी सरिक हुन सक्थे र..! जहाँ अरु कसै नै डोला बनेर पधासिन भएपछि
''म यहाँ थिइन,पछि डिस्टर्ब हुन्छ की भनेर फोन पनि नगरेकी हुँ'' बहाना बताएँ,वास्तविकता यो थिएनम चाहन्थे उसंग सदाको निम्ति सम्पर्क विहिन हुन,सायद चाहे जस्तो नहुने भएर नै आज स्वीकारोक्ति हुन पुग्यो त्यतिबेला मैले पनि उसलाई संवरण गरेकी थिएँहुन त उसले नै बढ्ता मलाई चाहन्थ्योत्यो ढर्रा मात्र थिएछ, त्यसैले हामीबीच अर्थ विनाको सम्बन्ध हुन पुगेकोछमैले एक साँझ उसलाई सोधेकी थिएँ-
''कारणवस् हामी एकै नदीको दुई किनारा जस्तै हुन पुग्यौ भने तिमी के गर्छौ ?''
           मलाई अझै सम्झना छ,उसले भावविभोर हुँदै भनेको शब्दहरु -
''तिम्रो यादमा जिन्दगी नै कुर्वान गरिदिनेछु''
          त्यतिबेला म खुशीले उफान भएकी थिएँकुन युवती आफ्नो प्रेमीबाट यस्तो शब्द सुन्न लालयित हुँदैनन् र ! यहि त हो मायालाई लेखा-जोखा गर्ने शब्दत्यो साँझ उसलाई मैले आलिंगन मारेर उसको ललाटमा चुम्वन गरेकी थिएँत्यो चुम्वन उसले पनि जीवनान्त कदापी भुल्ने छैन होलाअब बितेका दिनहरुलाई सम्झिएर कमजोर हुन सिवाय कुनै फाईदा छैनत्यसैले सम्झन पनि चाहन्न ममलाई अनौठो विश्वास लागेकोछ,साँचै नै उसले मेरो निम्ति जिन्दगी कुर्वान गरिरहेकोछउसले कसैसंग विहे गरेतापनि ऊ भित्रको ऊ खोतल्ने हो भने अवश्य म पाईनेछहुन त म भित्र पनि ऊ नै पाईनेछ
''अध्ययन त राम्रै गर्दैछौ होला नी !'' कफीको चुस्की लिदैं उसले सोध्यो
''यहि सोध्न बोलाएको तिम्ले,विशेष..!'' मैले प्रतिसवाल गरेंउसले मलाई ख्याल गरेर सवाल गरेकोथ्योअब म ऊबाट यस्तो पर्वाह चाहन्नथें
''विहे अघि म तिम्लाई भेट्न चाहन्थें '' निन्याउरो मुहार पार्दै बोल्यो
''के ! मसंग विहे गर्नलाई '' नजर जुधाएर भनें
''सायद'' शीर झुकायो
''म इन्कार गरिदिने थिएँ''
''आवेकमा भन्दैछौ,म यसलाई स्वीकार्दिन’’
''जसरी तिम्रो विहेलाई मैले स्वीकारेकीछु ,त्यसरी नै तिम्ले पनि स्वीकार्नु पर्थ्यो''
          प्राय:प्रत्येक पुरुषहरु यस्तै हुन्छ्नयदि ऊ मसंग विहे गर्न चांहदो हो तउसले यसरी विहे गर्ने थिएन कुनै पनि वाधा अड्चनहरुले हाम्रो सम्बन्धको सम्झौतालाई कदापि तोड्न सक्दैनथ्योफेरी ऊ कुन नियतीको कठ्पुतली बन्न पुग्योबरु उसको सबै खोक्रो आश्वासन मात्र थिएछआज विहे पछि मलाई सान्त्वना दिनलाई यसो भनिरहेछऊ अब मबाट के चाहन्छ त्यो मलाई थाहा छैनवस् मलाई थाहा छ,अब उसंगको सङ्गत-सम्बन्धबाटै टाढा रहन चाहन्छुहुन सक्छ यो मबाट सम्भव नहोला तथापी म सदैव चेष्टारत हुनेछु
''अब तिमी पनि विहे गर,एक्लै जीवन धान्न सकिन्न'' चुरुटको खरानी एस्ट्रेमा झार्दै उसले सुझाव दियो
''सायद तिम्लाई कसैको श्रीमान कहलिनु आतुर थ्यो,तर मलाई कसैकी श्रीमती पुकारिनु कुनै हतार छैनफेरी जिन्दगी गुजार्नलाई विहे नै गर्नु पर्छ भन्ने पक्षमा म छैनएक्लो जीवन पनि काफि हुने गर्छ'' कफीको चुस्की लिनु अघि जवाफ दिएँ
          उसको सवाल जति नै सजिलो थ्यो,त्यो यथार्थ हुनमा त्यति नै कठिन छकिनकी ऊ पुरुष हो,कुनै कस्मेटिक पसलको ग्राहक जस्तै,जुन वस्तुमा ईच्छा जाग्यो तत्काल नि:सन्देह प्राप्त गर्न सक्ने तर म केवल वस्तु हुँ,कसैको रोजाईमा पर्छु कि भनि सजिएर रहनेहुन सक्छ कसैको नजरमा नपरी वेवास्ता मै पुरानो भएर जाने कसरी लोग्ने चयन गर्न लागि पर्यौमलाई राम्ररी थाहा छ,म छोरी मान्छे हुँ, कुनै दिन मलाई लायक सम्झिने कोहि पुरुष आएर मलाई मागिनेछ,अनि उसैको छत्रछाँयामा मैले जिन्दगी बिताउनु पर्नेछहुन सक्छ,त्यहिँ दिनको पर्खाईमा पत्तो नपाई जिन्दगीलाई नै नि:सार जीईदिनु पर्नेछ
''तिम्ले आफ्नो भविश्यलाई सोचेकी छौ के ?'' कफीको चुस्की लिदै ऊ बोल्यो
"त्यति लामो मैले सोच्न छाडीसकेकिछु''
          ऊ मबाट पक्कै केहि त चाहन्छ अस्पष्ट गरि उसको चाह ममा प्रस्फुटन भईरहेकोछ,तापनि हेक्कासम्म मैले लगाउन सकेकी छैनसायद उसलाई मैले वास्ता गर्न नचाहेर होला या वेवास्ता गर्न नसक्ने भएर हुन सक्छ ऊ मबाट सदाको निम्ति पन्सिन चाहिरहेकोछ,या त नि:सन्देह म ऊदेखि तर्किन चाहिरहेकिछुअब उसंग सम्बन्धित हुनुमा कुनै औचित्य पनि छैनशब्दको अर्थ भएर पनि अनर्थ ठहरिने सम्बन्धलाई म स्वीकार्न चाहन्नयस्तै हुँदो हो कुनै-कुनै सम्बन्ध जसलाई आत्मादेखि नै जवरजस्त अस्विकार्नु पर्दोरहेछ हाम्रो सम्बन्ध टुट्नु पुगेकोमा मलाई पक्कै अपसोच ,फेरि कदापि छैन पनि,किनकी अपसोचको दलदलमा आफुलाई होमाउन चाहन्न
          म अध्ययन मै व्यस्त हुन थालें परिक्षा नजिक आईरहेकोले पुर्व तयारीमा लागि पर्न थालेंपरिक्षा राम्ररी नै सम्पन्न भो नतिजा राम्रै निक्लिने विश्वास थ्यो मलाईम निदाउने चेष्टा गर्दै थिएँ,फोनको घन्टी बज्यो उसको फोन रहेछ
''माफ गर,निदाँएकी थियौ कि !''  मधुर स्वरमा ऊ बोल्यो
''चेष्टारत थिएँ ।" हाई काट्दै भनें
''भोलि सखारै म सदाको निम्ति गाउँ फर्किंदैछु ''
           उसको कुराले एकछिन मेरो मानस खिन्न हुन पुग्योकता-कता ममा खै के-के नमिले झैँ लाग्योखैर ! अब उसको यस्तो कुराले मलाई के नै असर पार्न सक्छ र ! ऊ जानु पर्थ्यो,अब जाने नै भो
''शुभ -यात्रा ..!'' मधुर स्वरमा मैले भनें
'' वस्..!'' अपेक्षापूर्ण आश्चर्य भावमा बोल्यो
''विदा किन माग्छौ,मदेखि पहिल्यै सदाको निम्ति मागेर गईसकेको होईनौ र !''
''नमरी बाँचे दैवले साँचे फेरि कुनै समय पक्कै भेट गरौला''
''उफ..! महत्वहीन भेट।"
''विहेमा बोलाऊछौ होला नि,चांडै गर्नु फेरि समयले पर्खिन्न ''
"तिम्ले श्रीमती खोजेर भित्र्याए जसरी म आफ्नो श्रीमान रोजेर भित्रिन मिल्दैन क्यारे..!'' केहि भावुक बनेर भनें
             निन्द्रा पनि मदेखि भाग्यो मन र मष्तिस्क जागेपछि निन्द्राको के नै लाग्छ र ! के ऊ विना मेरो जीवन नि:सार नै बन्छ त ! ऊ मलाई बारम्बार विहे गर्नु भनेर सुझाव दिईरहन्छ आखिर विहेमा त्यस्तो के रहस्य लुकेको हुन्छ,जसलाई मैले पनि थाहा पाउन जरुरत छउसले विहे गर्यो भन्दैमा मैले किन विहे गर्ने,फेरी उसले सम्बन्ध टुटाई दियो भन्दैमा मैले किन विहे नगर्ने ? कतै म विहे गर्ने सवालमै किंकर्तव्यविमुढ त भईरहेकी छैन
          समयले मर्ने फड्को एकनासे भएता पनि मान्छेको जिन्दगीले चाल्ने कदमको कुनै सीमा नै हुँदैनमलाई पनि पत्तै भएन यति धेरै कदम चालिसकेकी रहेछुति समयहरुलाई मैले धेरै पछि छोडिसकेछुअब ममा आफ्नो वैशको रवाफसम्म रहेन क्यार !मलाई नै थाहा छैन कुन उल्झनमा गाँजिएर नि:सारतामा जिईरहेकिछु खै कहिले देखि यो जिन्दगीलाई नतमस्तक गराई स्वीकार्न पुगेछुत्यतिबेला उसलाई दिएकी जवाफहरुले नै वास्तविक रुप लिन पुगेको त होईन,कहिले काँही शन्देह जागेर आउँछ
          म आफ्नो पेशाप्रति सन्तुष्ट नै छुहुन त मैले कदापि सोचेकी थिईन शिक्षिका बन्छु भनेरसायद जिन्दगीको रहस्य भनेकै यस्तै हो,जे जस्तै भएता पनि स्विकार्नु पर्नेअझ मैले कहिल्यै सोच्न नभ्याएकी कुरा त अध्यापनको सिलसिलामा उसैको गाँउमा आफुलाई उपस्थित गराउनेछु,यसलाई मैले केवल संजोग र समयको मर्जी सम्झिएँयो मेरो सुनियोजित निर्णय थिएनवास्तवमा मैले उसको गाँउको नाम नै भुलिसकेकी थिएँसायदभाग्यको लकिरमा यस्तै कोरिएको हुनुपर्छ यहाँ अध्यापन गराउन थालेकी केहि दिनमै हाम्रो भेट हुन पुग्योएक क्षण एक-आपसलाई देखेर चकित नै भयौंउसको वदनमा निकै परिवर्तन भईसकेकोरहेछ,उसको सोच जसरीबारम्बार उसको आग्रहलाई टार्न नसकेर घरमा सरिक भएँफेरि उसको चित्त दु:खाएर अझ आफुलाई कमजोर बनाउन चाहिनउनीहरुको दाम्पत्य जीवन सुखमय गरि बित्दैरहेछहाम्रो यो भेटको स्थान त्यतिबेला भेट हुने नानुमा क्याफे नभएता पनि उसको पाहुना कोठा कम थिएनअनि हामीलाई कफी ल्याई दिने कुनै वेटर पनि छैनती अतीतलाई झझल्को दिने यहाँ कुनै छेस्कोसम्म छैन,सिवाय हामी दुईलाग्छ हामीवीच पुरानो चिनापर्ची छ रै पनि भरखर भेटवार्ता भईरहेको स्थितिबोध देखिन्छअतीत कोट्याउने हामी दुबैबाट कुरा भएनपक्कै यतिबेला हामी दुबैको मन-मस्तिष्कमा अतीतले घच्घच्याई रहेको हुनुपर्छ,यधपि अर्थविहीन अतीतप्रति हामी मौन रह्यौंउसले विहेको सवाल गर्यो,मैले पहिले जस्तो जवाफ नदिई आफ्नो नि:सारतालाई अपसोच नमानी एक्लो जीवन काफी रहेको दोहोर्याएँसमयले हामीलाई सम्पर्कविहीन बनाई दिएको क्षण प्रसंगलाई वर्तमानमा बदलेर वार्तालाप गरिरहेका थियौं,यहिबखत उसकी छोरी हामी समिप आईन् उनी मेरी छात्रा हुन् , ट्रेलाई टेवलमा राखेर स्मीत मुश्कान छर्दै कलिलो बोलीमा भनिन् -
''मिस कफी''

No comments:

Post a Comment

Note: only a member of this blog may post a comment.